×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

कोरोना संक्रमणको जोखिममा नेताहरु (भिडियो सहित)

१० बैशाख २०७८

१० वैशाख, काठमाडौं । रोग, भोक र उमेरले वर्ग, पेश, धर्म केहि छुट्याउँदैन तर पनि स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमा राजनीतिक दलका नेताहरु उत्तिकै अग्रपंक्तिमा छन् ।

स्वास्थ्य मापदण्ड पालना नगरेको आधारमा प्रधानमन्त्री देखि राज्यमन्त्रीसम्म, जुनसुकै दलका अध्यक्ष देखि तल्लो तहका कार्यकर्तासम्म संक्रमणको उत्तिकै जोखिममा देखिएका छन् । भाइरसले गम्भिर बनाउँदा पद नहेर्ने भएपनि त्यसलाई बेवास्ता गर्ने परिपाटीले स्थिती दुखद् निम्त्याएका प्रशस्त उदाहरण भारतमा छन् । नेपालमा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै, सरकारको निर्देशन, स्वास्थ्य मापदण्डको धज्जी उडाउँछन् । प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उत्तिकै सहभागी हुनेहुँदा ओली त्यतिनै जोखिममा छन् । गत मंगलबार अघिल्लो दिन आँफैले जारी गरेको आदेशको अवज्ञा गर्दै बालुवाटारमा दर्जनौं मानिस सहभागी गराउँदै प्रधानमन्त्रीले धार्मिक अनुष्ठान गरे । सामाजिक दुरी समेत कायम नगरी प्रधानमन्त्री ओली उक्त कार्यक्रममा निकै बेर सरिक भए । जारी गरेको आदेश जनताले मात्रै पालना गर्नुपर्ने तर आफूले पालना नगर्नुपर्ने जस्तो गरी प्रधानमन्त्री निवास बालुवाटारमा २५ जना भन्दा बढि मानिस भेला गरी सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगरी कार्यक्रम गरियो । तर यसमा प्रधानमन्त्रीको मात्रै दोष पक्कै होइन यसको ब्यवस्थापकीय जिम्मेवारी लिएको ब्यवस्थापन पक्ष र सचिवालयको प्रमुख दोष देखिएको छ। त्यसयता पनि प्रधानमन्त्री ओली नियमित सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन् जहाँ २५ जना भन्दा बढि भेला हुने गर्छन् । बिहिबार मात्रै पनि नेकपा एमालेको नयाँ पार्टी कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री ओली थापाथली पुगे, सयौँ नेता कार्यकर्ता सहभागी भए ।

Advertisement
Advertisement

शुक्रबार मात्रै पनि एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको वैठक बालुवाटार मै आयोजना गरियो जसमा सयौँ नेता सहभागी भए । स्वास्थ्य मापदण्डको नाममा मास्क भने प्रयोग गरेपनि सरकारले तोकेको सामाजिक दुरी र २५ जना भन्दा बढि भेला नहुन गरेको निर्देशन प्रधानमन्त्रीको सरकारी निवासबाटै उल्लंघन हुँदा २ पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली कोरोना भाइरसको उच्च जोखिममा छन् । ओली बाहेक, उनि नेतृत्वको सरकारका सबै मन्त्री उत्तिकै जोखिममा छन् किनभने ओली सहभागी हुने सबैजसो कार्यक्रममा मन्त्रीहरु सहभागी भइरहेका छन् । मंगलबार बालुवाटारमा आयोजना गरिएको धार्मिक कार्यक्रममा ओलीसँगै ओली पत्नी राधिका शाक्य, पर्यटनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, नेता सुवास नेम्वाङ् लगायत दर्जनौँ व्यक्ति सहभागी थिए । तिनै अध्यक्ष ओलीले बुधबार र बिहिबार एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटे भने बिहिबार राती उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटार मै बोलाएर भेट गरे । यता दैनिक जसो सार्वजनिक कार्यक्रममा पुगिरहेका माधव कुमार नेपाल पनि कोरोना भाइरसको उत्तिकै जोखिममा छन् । गत मंगलबार नेता नेपाल मात्र होइन, झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई समेत नेपाल पक्षीय सांसदहरु काठमाडौंको बानेश्वरमा घण्टौ एक साथ भेला भए । बिहिबार विहान पनि नेपाल पक्षका नेताहरु फेरि भेट गर्दै लामो समय एकसाथ समय विताए । नेता नेपाल बिहिबार साँझ जनकपुर गए र शुक्रबार विहान एक कार्यक्रममा सहभागी भए । शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दा नेता नेपालले मास्क लगाउन समेत आवश्यक ठानेनन् । यस्तै कोरोना भाइरसको उच्च जोखिममा रहेका नेतामध्ये अर्का नेता हुन् नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । सरकारले २५ जना भन्दा धेरै भेला नहुन आदेश दिएको भोलीपल्टैदेखि प्रचण्ड पनि भेलाहरुमा सहभागी भइरहेका छन् ।

मंगलबार युथ फर नेशन को आयोजनामा भएको अन्र्तक्रिया प्रचण्ड सहभागी भए । लेनिन दिवसको अवसरमा बिहिबार समेत पार्टी कार्यालय पेसिरडाँडामा आयोजित कार्यक्रममा प्रचण्ड सहभागी भएका थिए । एकातिर सरकारले कोरोनाको जोखिम रहेको भन्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिन्छ अनि सरकार सञ्चालन गर्नेहरु नै त्यसको उल्लंघन गर्दै हिडिरहेका छन् । जोखिम हुने भन्दै सार्वजनिक भेला गर्न समेत निषेध गरेपनि तिनै नेताहरु सार्वजनिक कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना नगरी सहभागी हुँदा नेताहरुमा संक्रमण हुने र ज्यान जोखिममा पर्ने सम्भावना त छँदैछ उनिहरुले नै संक्रमण फैलाउने जोखिम समेत बढेको छ । भर्खरै मात्र, भारतको कुम्भ मेलामा सहभागी भएर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना पुष्टि भएको थियो । स्वास्थ्य मापदण्ड पालना नगर्दा भाइरसले राजादेखि रङ्क सम्मको ज्यान जोखिममा पार्ने हुँदा नेपालका राजनीतिक दलको प्रवृत्ती हेर्दा उनिहरु कोरोना संक्रमणको उच्च जोखिममा देखिन्छन् ।

Advertisement

 

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top