दलहरुले राजसंस्थालाई धोका दिएः कमल थापा

११ बैशाख ७८, शनिबार
Share this
758shares

११ वैशाख, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन्।

Advertisement

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लोकतन्त्र दिवसबारे आफ्नो धारणा राख्दै दलहरुले राजसंस्थालाई धोका दिएकोसमेत आरोप लगाएका छन्।

उनले सम्झौताअनुसार राजाले राजनीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे पनि दलहरुले राजसंस्थालाई नै पाखा लगाएको तर्क गरेका छन्।

Advertisement

२०६३ साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे, थापाले भनेका छन्, तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए।

अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ। राप्रपाले राजतन्त्र फर्काउनुपर्ने र हिन्दुराष्ट्र हुनुपर्ने माग गर्दै आएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top