×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

भारतमा कोरोनाको नयाँ रेकर्डः एकैदिन थपिए ३ लाख ४९ हजारभन्दा धेरै संक्रमित

१२ बैशाख २०७८

१२ वैशाख, एजेन्सी ।
भारतमा पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्रमित थपिएको लगातार चौथो दिन हो । त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ६७ जनाको संक्रमणका कारण मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९२ हजार ३ सय ११ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ६९ लाख ६० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४० लाख संक्रमणमुक्त भएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजारभन्दा बढी छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ७४ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ७२ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ४८ जनाको मृत्यु भएको छ ।

दिल्लीमा गएको संक्रमण विस्फोटक ढंगले बढ्न क्रमसँगै अक्सिजन र बेडको नपाएर संंक्रमितहरुको बिचल्ली भएको छ । रेम्डेसिभिरलगायत औषधिको चरम अभाव देखिएको छ । पछिल्ला दिनमा संक्रमित हुने र निको हुने संख्याबीचको फरक पनि बढ्दै गएको छ ।

भारतमा देखिएको कोरोनाको पछिल्लो लहरलाई दिल्ली उच्च अदालतले त ‘सुनामी’ को संज्ञा दिएको छ । अदालतले जेठको पहिलो साता (मे मध्यमा) महामारी उच्च बिन्दुमा भन्दै त्यसका लागि के–कस्तो प्रबन्ध गरिएको छ भनेर सरकारलाई प्रश्न पनि सोधेको छ ।

‘मे महिनाको मध्यमा महामारी उच्च बिन्दुमा पुग्दै छ । यो वास्तवमा सुनामी हो । हामीहरुले कसरी क्षमता बढाउँदै छौं ? त्यो परिस्थितिका लागि अहिलेको मितिमा कसरी तयारी गरिरहेका छौं ?’ अदालतले भनेको छ ।

इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी, कानपुरले गरेको प्रक्षेपणमा जेठ पहिलो साता महामारीको दोस्रो लहर उच्च बिन्दुमा पुग्ने देखाएको छ । प्राध्यापक मनिन्द्र अग्रवालको टोलीले अमेरिका, इटाली र भारतको महामारीसम्बन्धी हालसम्म उपलब्ध तथ्याकंमा आधारित भएर उक्त प्रक्षेपण गरेको हो ।

पछिल्लो लहर सुरु भएसँगै दिल्लीलगायत महाराष्ट्र, उत्तरप्रदेश, केरला, कर्नाटक, गुजरात राज्यमा संक्रमण भयावह बनेको छ । पछिल्लो एक दिनमा उत्तरप्रदेशमा २२ हजार ५ सय ६६ र छत्तीसगढमा १५ हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा शनिबारसम्ममा १४ करोड ९ लाख १६ हजारभन्दा बढीले खोप लगाएका छन् ।आगामी १ मेदेखि अठार वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको छ । भारतमा १६ जनवरी देखि खोप अभियान सुरु गरिएको हो ।

गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top