प्रदेश १ को बजेट मन्त्रीका जिल्लामा केन्द्रित,बजेट बिनियोजनमा विभेद गरेको प्रतिपक्षी सांसदको गुनासो

६ असार ७५, बिहीबार

विराटनगर,असार ६

१ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेट विनियोजनमा विभेद भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा पेश भएको विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै उनीहरुले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

Advertisement

सांसदहरुले मन्त्रीहरुले आफ्नो जिल्लामा बजेट केन्द्रीत गरेको र कांग्रेस निकटका सांसदले पेश गरेको योजना कटाइएको आरोप लगाए । साथै उनीहरुले प्रदेशले आफ्नो संरचना नबनाएसम्म बजेट कार्यान्वयनमा समस्या हुनेतर्फ सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

संसदमा बोल्दै कांग्रेसका सांसद सूयर्माराज राईले स्थानीय तहमार्फत बजेट कार्यान्वयनमा समस्या हुने बताए । यस्तै कांग्रेसकै सांसद हिमाल कार्कीले कनिका छरेजस्तोगरी बजेट ल्याएको र कुनै ठोस योजना नभएको आरोप लगाए। उनले बजेटले झापा, मोरङ, सुनसरी, भोजपूर र पाँचथरमा केन्द्रीत गरिँदा अन्य जिल्लालाई विभेद भएको पनि बताए ।

यस्तै सांसद लिला सुब्बाले आफूले दिएको योजनाहरु रातो किताबमा नपारिएको भन्दै असुन्तुष्टि व्यक्त गरे । रातो कितामा भएका कतिपय योजनाहरु साना तिना पनि समावेश गरिएको र पार्नुपर्ने कतिपय योजना नपारिएकोले आवश्यक संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रदेशसभामा बोल्दै सत्ता पक्षका सांसदहरुले पनि बजेट कार्यान्वयनमा चुनौति हुने बताएका छन् । सत्तापक्षका सांसदहरु कूलप्रसाद साम्बा, विजय विश्वास, शौभाग्यवती राई, उमिता विश्वकर्मा लगायतले विनियोजन विधेयकको समर्थन गरेका थिए ।

अन्य सांसदहरु जयराम यादव, प्रतापप्रसाद हाङ्बाङ, शिवनारायण गनगाईलगायतले भने कनिका छरेजस्तो सानोतिनो कार्यक्रममा बजेट हालिएको भन्दै विरोध गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top