×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संघीयता सफल बनाउनु अहिलेको आवश्यकताःमुख्यमन्त्री राई

विराटनगर,असार ६

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

Advertisement
Advertisement

निर्वाचन आयोग नेपालद्वारा बुधबार विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य रहेको बताएका हुन् ।

मुख्यमन्त्री राईले तीनवटै तहको निर्वाचन एकै बर्षभित्र सम्पन्न गरेर २०७४ साल नेपालको ईतिहासमा ऐतिहासिक बर्षकोरुपमा अंकित भएको बताए । उनले ती निर्वाचनहरुको क्रममा देखिएका कमिकमजोरी केलाएर आगामी निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाईनुपर्ने बताए ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले ७ वटै प्रदेशमा बुधबारबाट निर्वाचन समिक्षा शुरु भएको जानकारी दिए । उनले २०७४ सालमा आयोगले स्थानीय,प्रदेश,संघीय र राष्ट्रपति उपराष्ट्रपति समेत गरेर एकबर्षभित्र विभिन्न ८ चरणमा निर्वाचन सम्पन्न गरेको बताए।

आयुक्त दाहालले सो क्रममा मतदाता संकलनदेखि मतगणनासम्म देखिएका चुनौती र समस्या केलाएर निर्वाचन प्रणाली थप प्रभावकारी बनाइने बताए ।

समिक्षा कार्यक्रममा प्रदेश एकका सबै निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरू, सबै जिल्ला अदालतका न्यायाधिश, प्रदेशसभा सांसदहरू,सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता छ ।

Advertisement

समिक्षा कार्यक्रम बिहीबार समापन हुने जनाईएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top