×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

कोरोना संक्रमणको दोस्रो लहर : तीन दिनमा ७२ जनाको मृत्यु

१३ बैशाख २०७८

१३ बैशाख, काठमाडौ । दैनिक तिब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

तथ्यांकअनुसार गत चौविस घण्टामा १६ जनाको मृत्यु भएको हो। त्यस्तै शनिबार १४ र शुक्रबार ५ जनाको मृत्यु भएको थियो। यसै गरी यो तीन दिनभित्र थप ३७ जना मृतकमा संक्रमण पुष्टि भएको छ। यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ। हाल नेपालमा दैनिक मृत्युदर १.०५ प्रतिशत पुगेको छ।

Advertisement
Advertisement

गत २४ घण्टामा संक्रमणदर बढेर ३० दशमलव ९७ प्रतिशत पुगेको छ। यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो। गत २४ घण्टामा १० हजार ७८ वटा नमुना परीक्षण भएका थिए।

नेपालमा कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ। देशभरिमा १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्। तीमध्ये २ सय ५२ जना आइसियुमा, ६५ जना भेन्टिलेटरमा र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जनाको उपचार भइरहेको छ। संक्रमित हुनेमा सबैभन्दा बढी युवा उमेरका छन्।

मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके, रूपन्देही र पर्सा गरी नौ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

दैनिक संक्रमण दर वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजित बजेटअनुसार हाइडिपेन्डेन्सी युनिट तयार गरेनगरेको तस्बिरसहित जानकारी गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ। काम नभएको अवस्थामा बजेट फिर्ता लैजाने मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top