भारतद्वारा दशगजामा बनाइएको १५४ फिट लामो नाला पुरियो

६ असार ७५, बिहीबार

गौशाला, असार ६

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला आज एकाबिहानै पुरिएको छ ।

करीब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १५४ फिट लामो नाला पुरिएको हो ।

Advertisement

भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर मिश्रले आज एकाबिहानै मेशिन र मजदूर लगाएर सो नाला पुरेका छन् ।

एक महिनाअघि भारतले दशगजामा नाला खनेको बेला महोत्तरी जिल्लाका प्रशासन र सुरक्षा निकायले स्थलगत निरीक्षण गरेर नाला पुर्नुपर्ने माग राख्दा त्यस बखत पनि माथिल्लो निकायको आदेशमा पुरिने भनिएको थियो ।

Advertisement

तर एक महिना बित्न लाग्दा पनि भारतको माथिल्लो निकायले कुनै चासो नलिएपछि मधवापुरका मुखिया मिश्रले नेपालीलाई सो नालाबाट हानी नोक्सानी र समस्या हुने गरेको भन्दै आज बिहान उनले आफैँ सो नाला पुरेका हुन् ।

मुखिया मिश्रले नाला पुर्दै गर्दा भारतीय सुरक्षा निकाय वा अन्य कुनै निकायले कुनै अवरोध खडा गरेन । यसरी नाला पुरेपछि मुखिया मिश्रले अब पुनः कहिल्यै पनि नेपाल र भारत दुवैतर्फका स्थानीयवासीलाई मर्का पर्ने गरी दशगजामा कुनै पनि काम गर्न नदिइने प्रतिबद्धता जनाए ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top