×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अस्पताल लैजाने क्रममै रौतहटमा एक संक्रमितको मृत्यु

१४ बैशाख २०७८

१४ वैशाख, रौतहट ।
कोरोना संक्रमणबाट रौतहटमा एक वृद्धको मृत्यु भएको छ ।

कोरोना माहामारीको दोस्रो लहरमा संक्रमितको मृत्यु भएको यो पहिलो हो । सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीका ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Advertisement
Advertisement

तीन दिन अघि संक्रमण पुष्टि भएर घरमै रहेका तथा दमको रोगबाट समेत अवस्था गम्भीर हुँदा उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा गएराति उनको मृत्यु भएको रौतहटका प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् ।

यसअघि जिल्ला अस्पताल गौरमा भएको एकसय ६३ वटा पीसीआर जाँचमा ९२ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । संक्रमित मध्ये ७१ पुरुष र २१ महिला रहेकी छन् ।

एकजना पुरुषको दोस्रो पटकको जाँचमा निगेटिभ आएको प्रजिअ यादवले जानकारी गराएका छन् । संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।

यसैबीच जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला अस्पताल गौरमा भेन्टिलेटर सहितको आईसोलेसन संचालनको तयारी सुरु भएको छ ।

जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक स्थानीय तहले पाँच लाख रुपैयाँको दरले जिल्ला अस्पताललाई सहयोग गर्ने निर्णय भएको छ ।

उक्त निर्णय अनुसार जिल्लाका १८ स्थानीय तह मध्ये ११ ले जम्मा गराएको रकमबाट भेन्टिलेटरसहितको आईसोलेसन सञ्चालनको तयारी भैरहेको प्रजिअ ईन्द्रदेव यादवले जानकारी दिएका छन ।

जिल्ला अस्पताल गौरमा ४ बेड भेन्टिलेटर, १० बेड अक्सिजनसहित २५ बेडको आईसोलेस सञ्चालन हुने उनले जानकारी दिएका छन ।

त्यसैगरी धरहरीमा १०० बेड र चन्द्रपुरमा ४० बेडको आईसोलेसन सञ्चालनको तयारीमा रहेको उनको भनाइ छ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top