×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

जसपामा विवाद :उपेन्द्र-बाबुरामको प्रस्ताव महन्थ र महतोद्वारा अस्वीकार

१५ बैशाख २०७८

१५ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् ।

Advertisement
Advertisement

स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरेका छन् । तर, ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक बस्ने सम्भावना नभएको जवाफ दिएका छन् ।

‘कार्यकारिणी समिति बैठक छिटोभन्दा छिटो बसेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरौं भन्ने प्रस्ताव बाबुराम र उपेन्द्रजीबाट आयो,’ स्रोतले राजधानीस“ग भन्यो, ‘तर, उहाँहरूको प्रस्ताव महन्थ र राजेन्द्रजीले अस्वीकार गर्नुभयो । अहिले कोरोना महामारी र लकडाउन भएकाले बैठक बस्ने सहज वातावरण नै छैन । सहज भएपछि बैठक बस्नेबारे छलफल गरौं ।’

बैठकमा डा. भट्टराई, ठाकुर, यादव, महतोका साथै वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । शीर्षनेता बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ । अहिले ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल होला रु’ भन्ने विश्वास भए पनि नेताबीचको विवादका कारण बैठक ५ मिनेटमै सकेको स्रोतले बतायो ।

सरकार निर्माण विषयमा दौडधुप भइरहेका बेला त्यसबारे समेत निर्णय गर्नुपर्ने बेला बैठक नै नबस्ने अवस्थाले पार्टी अनिर्णयको बन्दी बन्दै गइरहेको छ । यसअघि, तोकिएको कार्यकारिणी समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले पार्टी कार्यालयमा शीर्षनेताबीच अनौपचारिक कुराकानी मात्रै भएको बताए । उनका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्ने भए पनि कोरोना तथा लकडाउनका कारण ‘कसरी अगाडि बढ्ने रु’ विषयमा समान्य छलफल मात्रै भएको छ ।

स्रोतका अनुसार ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । तर, डा। भट्टराई, यादव, राई समूह ओलीइतरको गठबन्धन सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।

सत्ता समीकरण विषयलाई लिएर दुई धु्रवमा विभाजित जसपा भट्टराई, यादव र राई समूहले ओली नेतृत्वको सरकारस“ग कुनै पनि हालतमा सहकार्य नगर्ने पक्षमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०स“ग मिलेर ओली सरकारविरुद्ध अविश्वास ल्याएर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा यो समूह रहेको छ । तर, ठाकुर र महतो समूहले मधेस मुद्दा ओली सरकारले सम्बोधन गरिरहेकाले समर्थन गर्नुपर्ने अडानमा छन् ।

ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण भट्टराई, यादव र राई समूहको माग अस्वीकृत हु“दै आएको छ ।

‘सत्ता समीकरणको खेलमा जसपा लाग्दैन, ओली सरकारविरुद्ध अहिलेसम्म अविश्वास प्रस्ताव ल्याउने निर्णय कांग्रेस, माओवादी केन्द्रले गरेकै छैनन्,’ स्रोतले भन्यो, ‘अर्कोतर्फ अविश्वास प्रस्तावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयसमेत टुंगो लागेको छैन ।’

Advertisement

यो समाचार आजकोराजधानी दैनिकमा छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top