×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

वामदेव–ओली भेटमा किन छिरे महन्थ र देउवा ?

१५ बैशाख २०७८

१५ वैशाख, काठमाडौँ । गत बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् ।

डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँताइदिएर ०७५ जेठ २ गतेको अवस्थामा पु¥;याइदियो । तपाईंको चाहना पनि त्यही थियो । मैले पनि सबैभन्दा पहिले विज्ञप्ति जारी गरेर ज्यादै राम्रो निर्णय भयो भनेकै हो । तर, भोलिपल्टदेखि तपाईंले बदला लिन थाल्नुभयो । त्यसपछि समर्थन गर्नु बेकार रहेछ भन्ने मलाई पनि प¥यो । सर्वोच्चले गरिदिएको नेकपा विभाजनका घटनाक्रम जोडेर हेर्दा सबै निर्देशित ढंगले भएका हुन् र त्यसमा कुनै न कुनै किसिमको लेनदेन भएको देखिन्छ । तैपनि, यसलाई सकारात्मक रूपमा लैजान जसरी म तयार छु, त्यसैगरी माधवहरू पनि तयार छन् ।’

Advertisement
Advertisement

गौतमको विश्लेषण सुनेपछि प्रधानमन्त्रीले कडा शब्दमा ‘त्यसोभए उनीहरूले समानान्तर संगठन सञ्चालन किन गरेको ?’ भनेर सोधे ।

गौतमले राजनीतिको भित्री कुरा खोल्दै भन्न थाले, ‘विद्रोही भएपछि समानान्तर हुन्छ अनि पछि विभाजन हुन्छ । विभाजनको आफ्नै तयारी हुन्छ । पार्टीभित्र जिम्मेवारहरूले सहमति नगर्ने हो भने विद्रोहीलाई पदको कुनै लोभ हुँदैन । सांसद पद गए जान्छ । पार्टीका पद पनि गए जान्छ तर हामी कसैको टाङमुनि छिर्दैनौं भन्नेलाई जिम्मेवारी लिएकाले सिध्याउन खोज्छ भने त्यो सरासर गलत हो ।’

गौतमको कुरा सुनेपछि प्रधानमन्त्रीको पारो चढ्यो । अनि उनले स्पष्ट शब्दमा भने, ‘म फागुन २८ को निर्णय फिर्ता लिन सक्दिनँ । त्यो केन्द्रीय समितिको निर्णय हो, सबैले मान्नुपर्छ ।’

प्रधानमन्त्री झन् दृढ भएपछि गौतमले पनि कडा शब्दमा आफ्ना धारणा राखेको स्रोतको दाबी छ । गौतमले दिएको सुझाव उल्लेख गर्दै स्रोत भन्छ, ‘तपाईं मेलमिलाप गर्ने कि नगर्ने ?’

प्रधानमन्त्रीले भने– ‘गर्ने ।’

वामदेवले त्यसैमा टेकेर भने, ‘मेलमिलाप भनेको आफ्नो कुरो मात्र अरुले मान्नुपर्छ भन्ने हो र ? मेलमिलाप तब मात्रै हुन्छ, जब मेलमिलापका पक्षहरू सबै एक कदम पछाडि हट्छन् । बल्ल मिलन सम्भव हुन्छ ।’

प्रधानमन्त्रीले मनको कुरो चुहाए ‘अहँ, म कसैसँग मेलमिलाप गर्दिन । मिल्नुको आवश्यकता देख्दिनँ ।’

प्रधानमन्त्रीले थपे, ‘उनीहरू (प्रचण्ड, माधव, झलनाथ) ले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन किन लागे ? अनि शेरबहादुरलाई किन उचाले ? त्यसमा तपाईं पनि लाग्नुभएको छ,’ प्रधानमन्त्री ओलीले मनको कुरो भनिहाले ।

लगत्तै गौतमले सोधे, ‘मैले कहाँ त्यस्तो भनेको छु ?’

गौतमको प्रश्न झर्न नपाउँदै प्रधानमन्त्रीले जवाफ दिए, ‘शेरबहादुरले मसँग भनेका छन् ।’

गौतमको जवाफ थियो, ‘तपाईंले पनि महन्थ र देउवाहरूलाई फरक ढंगले प्रस्ताव राख्नुभएको छ ।’

गौतमले प्रधानमन्त्रीलाई सोधे, ‘तपाईं म गृहमन्त्री हुँदाको टीकापुर घटनालाई राजनीतिक रंग दिन खोज्दै हुनुहुन्छ । गम्भीर अपराधका घटनामा जोडिएका र जेल परेकालाई छुटाउने प्रक्रियामा लाग्नुभएको छ ! बाहिर देखिनलाई त राजनीतिक घटना नै हो तर त्यो राजनीतिक मात्रै होइन, त्यसमा अपराध मिसिएको छ । तपाईं आँखा चिम्लिएर त्यो घटनालाई केही हैन भनेझैं गरी घटनामा संलग्नलाई माफी दिन खोज्दै हुनुहुन्छ, किन ? सत्ताका लागि ।’

Advertisement

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top