×

NEPAL TIMES UPDATES

Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

७ असार २०७५

काठमाडौँ, असार ७

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ ।

Advertisement
Advertisement

सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको छ ।

बिम्स्टेकको अध्यक्ष हाल नेपाल रहेको छ । सरकारले आगामी भदौ १४ र १५ गते नेपालमा बिम्स्टेकको चौथो शिखर सम्मेलन गर्ने मिति प्रस्ताव गरेको छ । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो ।

सञ्चार मन्त्रालयमा आज आयोजित सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार समितिको बैठकले सम्मेलनमा सञ्चारसँग सम्बन्धित सुविधा प्रबन्ध मिलाउने, स्वदेशी तथा विदेशी प्रेस प्रतिनिधिलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउने, प्रेस पास, बुलेटिन र प्रचारप्रसारका कार्य गर्ने सम्बन्धमा छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनमा उपस्थित हुने पत्रकारको व्यवस्थापन सम्बन्धमा सरकारबाट आयोजना भएका सार्क शिखर सम्मेलनका अनुभवको अध्ययन गरी सोहिअनुरुप कार्यक्रम तयार गरी सूचना विभागले आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै सम्मेलनमा सहभागी हुने पत्रकारको प्रेस पासको व्यवस्था सूचना विभागले पत्रकारको संख्या र सञ्चार गृहसँग छलफल तथा अन्तक्र्रिया गरी कार्यक्रमस्थलको क्षमता तथा संवेदनशीलतासमेत हेरी निर्धारण गर्ने भएको छ ।

प्रेस सेन्टरको व्यवस्थापनसम्बन्धी विस्तृत योजना सूचना विभागले तयार गरी आगामी बैठकमा पेश गर्ने र सम्मेलनको उद्घाटन र समापन कार्यक्रममा अधिकतम पत्रकारको उपस्थिति हुने तर अन्य कार्यक्रममा छानिएका पत्रकारको मात्र पहुँच हुन सक्ने व्यवस्था कायम गर्ने बैठकले निर्णय गरेको छ । सम्मेलनको कार्यक्रमस्थल र तालिका परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने छ ।

बैठकमा कार्यक्रम अवधिभर कार्यक्रमस्थलमा निःशुल्क वाइफाईको व्यवस्था गर्ने, डिजिटल ब्यानरको व्यवस्था गर्ने, बिम्स्टेकका बारेमा जनतामाझ प्रचारप्रसार गर्नेलगायत विषयमा छलफल भएको थियो ।

आजको बैठकमा सञ्चार सचिव महेन्द्रमान गुरुङ, सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरे, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलगायतले प्रेस पास व्यवस्थापन र पत्रकारको सुविधाका बारेमा आवश्यक सुझाव दिएका थिए।

बिम्स्टेकको यसअघि पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र सन् २०१४ मा तेस्रो शिखर सम्मेलन म्यान्मारमा भइसकेको छ । सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य रहेको बिम्स्टेकका व्यापार, लगानी, गरिबी निवारण, कृषि, वातावरण संरक्षण, प्रविधि हस्तान्तरणलगायत १४ वटा सहयोगका क्षेत्र छन् ।

सन् २०१४ मा यसको सचिवालय बंगलादेशको ढाकामा स्थापना गरिएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top