×

NEPAL TIMES UPDATES

Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026

नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

बेइजिङ, असार ७

नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

Advertisement
Advertisement

विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो ।

रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उनका चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर गरे ।

यसैगरी उनीहरुबीच नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यस्तै सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने बारे पनि सम्झौता भएको छ । ती सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूबीच हस्ताक्षर भयो ।

नेपाल र चीनबीचका सहयोग एवं सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीचसंयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ । ती मन्त्रालयबीच सहकार्य अभिवृद्धि गर्दै जाने सहमतिसमेत भएको छ ।

नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच नेपालमा ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र चीनको उक्त निकायका प्रशासक नुर बाइकेलीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल र चीन सरकारबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलग अलग सम्झौता पनि भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव खनाल र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष झाओ लिझाउबीच हस्ताक्षर भएको छ ।

त्यस्तै नुवाकोट दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनामा सहयोग आदान प्रदानसम्बन्धमा पत्र आदानप्रदान भएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top