मोरङ, असार ७
मोरङको बेलबारी नगरपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोश्रो नगरसभा मार्फत आर्थिक वर्ष २०७५÷७६ का लागि ८० करोड वरावरको वजेट पारित भएको हो ।
नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी अध्यक्ष रहेको उक्त नगरसभामा उपमेयर ढाकाकुमारी पराजुलीले प्रस्तुत गरेकाे आ.व. २०७५÷७६ को नीति तथा कार्यक्रम सहितको वजेट पारित भएको हो ।
भौतिक पूर्वाधारमा विशेष महत्व दिएर सार्वजनिक गरिएको वजेटमा सबै भन्दा बढी भौतिक पूर्वाधार विकासका लागि कुल वजेटमध्ये ३८ दशमलव ०७ प्रतिशत रकम छुट्याइएको छ । भौतिक पूर्वाधार विकास शीर्षक अन्तरगत ३० करोड ४६ लाख ५३ हजार रकम बिनियोजन गरिएको छ ।
आज पारित गरिएको बजेटमा नगरपालिकाले प्रशासनिक खर्चतर्फ ९ करोड ६५ लाख ६६ हजार, आर्थिक विकास समिति तर्फ २ करोड ८२ लाख ८० हजार, सार्वजनिक सेवा तर्फ २ करोड ४४ लाख ३५ हजार, सामाजिक विकासतर्फ ३१ करोड ८८ लाख ५४ हजार, र वन विकास तर्फ ४ करोड ५६ हजार ५८ लाख गरी ८० करोड २ लाख १४ हजार छुट्याईएको छ ।
साथै नगरपालिकाले आ. व. २०७५÷७६ को वजेट तथा कार्यक्रम संचालनका लागि शिक्षा तथा खेलकुद, जनस्वास्थ्य, सामाजिक, कृषि, पशु, वन व्यापार तथा वाणिज्य, विपद व्यवस्थापन, खानेपानी तथा सिंचाईको व्यवस्थापन, वातावरण तथा फोहोर व्वस्थापन, प्राकृतिक श्रोतहरुको संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्धन, शान्ति सुरक्षा, पुर्वाधार, सूचनागैर सरकारी संस्था र सहकारी, तथ्याङ्क, राजस्व अभिवृद्धि, न्यायिक, सुसाशान आदि क्षेत्रहरुको पनि निर्धारण गरेको छ ।
नगरपालिकाले आन्तरिक श्रोतबाट ४ करोड ६१ लाख ५० हजार रुपैया र वाह्यश्रोतबाट ७५ करोड ४० लाख ६४ हजार रुपैया गरि कुल ८० करोड, २ लाख १४ हजार वरावरको अनुमानित वजेट सार्वजनिक गरेको हो ।