निषेधाज्ञाको मौका पारेर रोड मार्किङ

१८ बैशाख ७८, आइतबार

१९ वैशाख, काठमाडौँ । सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेत चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो ।

Advertisement

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।

गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ ।

Advertisement

सडक विभागले निषेधाज्ञा अघिसम्म काठमाडौंका विभिन्न सडकहरुमा कालोपत्रे थालेको थियो । तर, निषेधाज्ञा लागेपछि काम रोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top