लुम्बिनी प्रदेशमा पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने एमालेको निर्णय

१९ वैशाख, रुपन्देही । लुम्बिनी प्रदेशमा शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।

प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिए ।

प्रदेश सचिवालयमा दर्ता भएको आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान भएको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बन्नु भएका पोखरेलले धारा १६८ को १ बमोजिम सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री पोखरेलले दिनुभएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गर्दै मौजुदा सरकारलाई अर्को सरकार नबन्दासम्मको लागि काम गर्न जिम्मेवारी दिएका छन् ।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ जना र जनता समाजवादी पार्टीका ४ जना सांसद पदमुक्त भएपछि ८१ सदस्यीय बनेको छ । प्रदेश सभाको अङ्क गणितमा एमाले एक्लैसँग बहुमत रहेको छ ।

कर्णाली प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि पार्टीभित्रको असन्तुष्ट माधव नेपाल समूहका सदस्यले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएकाले पोखरेलले राजीनामा दिएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top