नेपाल–चीन सहमतिः विद्यालय, रेलदेखि जलविद्युतसम्म चीनले लगानी गर्ने (सहमतिका बुँदासहित)

विराटनगर,असार ८

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटवार्ता विहीबार सम्पन्न भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली शुक्रबार ल्हासाको भ्रमणमा निस्कने र आइतबार स्वदेश फिर्ता हुने तालिका छ ।

चीन भ्रमणको दोस्रो दिन बुधबार नेपाल र चीनबीच जलविद्युत आयोजनाहरुमा चिनियाँ लगानी एवं प्रशारण लाइनसहितका ९ वटा सहमतिमा हस्ताक्षर सम्पन्न भएको थियो । त्यस्तै विहीबार विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहितका १४ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

Advertisement

यसवीचमा बुधबार र विहीबार दुई दिन गरी २३ वटा सहमतिपत्र एवं पत्र आदान प्रदानसम्बन्धी हस्ताक्षरसँगै प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य उद्धेश्य सम्पन्न भएको छ ।

चीनले भूकम्पसम्बन्धी पुननिर्माणमा सहयोग गर्ने अपेक्षा गरिएकोमा दोलखा, सिन्धुपाल्चोक र रसुवामा विद्यालयहरुको पुनर्निर्माणमा चिनियाँ सहयोग जुटाउने तीनवटा सहमति भएका छन् । यस्तै पूर्वी तराईमा सिँचाई सम्बन्धी सहमति गरेर प्रधानमन्त्री ओलीले कन्काई नदीमार्फत आफ्नो गृहजिल्ला झापामा चिनियाँ सहयोग जुटाउन सफल भएका छन् ।

Advertisement

विहीबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपुल्समा भएको वार्तामा रेलमार्ग निर्माण लगायतका विषयमा सहमति भएको थियो ।

बुधबार भएका ९ वटा सम्झौता

१. माथिल्लो मस्याङ्दी–२ आयोजना (६०० मेगावाट)
२. कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावाट)
३. त्रिशुली–गल्छी आयोजना (७० मेगावाट)
४. सिउरी न्यादी आयोजना (४०.२७ मेगावाट)
५. सिमेन्ट उत्पादन उद्योग स्थापना ( दैनिक ३००० मेट्रिक टन क्षमता)
६.फलफूल प्रशोधन उद्योग स्थापना ।
७. नेपाली पश्मिना खरिद सम्झौता ।
८. पूर्वी तराईको सिँचाईमा चिनियाँ सहयोग ।
९. रसुवागढी केरुङ प्रसारण लाइनसम्बन्धी सहमति ।
विहीबार भएका १४ सहमति
१. चीन–नेपाल सहयोग कार्यक्रम एवं परियोजनाहरुको कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने समझदारी ।
२. दुई देशवीच आपसी सहयोगलाई मजबुद गर्ने सम्बन्धी सहमति ।
३. उर्जामा सहयोग आदान–प्रदान गर्ने सहमति ।
४. रेल्वे परियोजनामा सहयोगसम्बन्धी सहमति
५. तिब्बत, चीनमा नेपालद्वारा कार्गो यातायातका लागि राजमार्गको प्रयोगसम्बन्धी प्रोटोकोल ।
६. मितेरी पुलको पुनर्निर्माणसम्बन्धी सहमति ।
७. रसुवा पुलको पुनर्निर्माणसम्बन्धी सहमति ।
८. उत्पादन क्षमतामा लगानी तथा सहयोगसम्बन्धी सहमति ।
९. मानव संशासधनमा सहयोग सम्बन्धी सहमति ।
१०. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सहमति ।
११. नुवाकोट दरबारको पुनर्निर्माण सम्बन्धी पत्र आदान–प्रदान ।
१२. रसुवामा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदान प्रदान ।
१३. दोलखामा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदान प्रदान ।
१४. सिन्धुपाल्चोकमा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदानप्रदान ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top