×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026
Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026

शरणार्थीको सङ्ख्या बढाउने बाइडनको निर्णय

२१ बैशाख २०७८

२१ वैशाख, बीबीसी ।
शरणार्थीसम्बन्धी निकाय र देशभित्रका प्रगतिशील धारले व्यक्त गरेको आक्रोशपछि अमेरिकाका डेमोक्र्याट राष्ट्रपतिले शरणार्थीको सीमालाई १५ हजारबाट बढाएर ६२ हजार ५ सय बनाउने बताएका छन्।

राष्ट्रपति जो बाइडनले न्यून सङ्ख्याले अमेरिकी मान्यताको प्रतिनिधित्व नगर्ने जनाएका छन्।

Advertisement

अघिल्लो महिनाका विवरणहरूमा अमेरिका–मेक्सिको सीमामा कीर्तिमानी सङ्ख्यामा मानिसहरूको घुइँचो लागेकाले थप मानिसहरूलाई प्रवेश दिनेबारे बाइडन चिन्तित रहेको जनाइएको थियो।

तर सोमबार उनले ६२ हजार पाँच सयको नयाँ सङ्ख्याले, पूर्व राष्ट्रपति ट्रम्पले छुटाएको ऐतिहासिक न्यून सङ्ख्यात्मक सीमालाई मेटाउने बताए। आफ्नो प्रशासनले अर्को वर्ष १ लाख २५ हजार शरणार्थीलाई प्रवेश दिन चाहेको उनले बताए।

पुनर्विचार

बाइडन प्रशासनले सीमामा देखिएको समस्याको कारक राष्ट्रपति ट्रम्पको कार्यकाल भएको बताउने गरेको छ।

पूर्व राष्ट्रपति बराक ओबामाको अन्तिम वर्षमा रहेको १ लाख १० हजार शरणार्थीलाई प्रवेश दिने सीमालाई आफ्नो अन्तिम वर्षको कार्यकालमा राष्ट्रपति ट्रम्पले हालसम्मकै न्यून १५ हजारमा झारेका थिए।

गएको एप्रिलमा गरिएको एउटा आपत्कालीन घोषणामा बाइडेनले १५ हजारसम्म शरणार्थीलाई प्रवेश दिने विषयलाई मानवीय आधार र राष्ट्रिय हित दुवैले पुष्टि गरेको बताएका थिए।

त्यस बेला उनले समालिया, सिरिया र यमनबाट हुने पुनर्वास कार्यक्रममाथिको प्रतिबन्ध हटाएका थिए भने अफ्रिका, मध्यपूर्व र मध्य अमेरिकाका लागि थप कोटा छुट्याएका थिए।

तर शरणार्थीसम्बन्धी समूह र आफ्नै दलका सदस्यहरूबाट विरोध भएपछि ह्वाइट हाउसले मे महिनामा सङ्ख्यामा पुनर्विचार गर्ने बताएको थियो।

वाम झुकाव राख्ने न्यूयोर्ककी सांसद एलेक्जेन्ड्रिया ओकासियो कोर्टेजले न्यून शरणार्थी सङ्ख्यात्मक सीमालाई विदेशीलाई घृणा गर्ने र जातिवादी दृष्टिकोणका रूपमा व्याख्या गरेकी थिइन्।

एउटा मानवीय सहायता संस्था वर्ल्ड रिलिफका अनुसार ट्रम्पको शासनकालपछि अमेरिकी शरणार्थी पुनर्वास कार्यक्रममा पुनर्संरचनाको खाँचो रहेको भन्ने ह्वाइट हाउसको दाबी विशुद्ध राजनीतिक हिसाबकिताब भएको टिप्पणी गरेको छ।

बाइडनमाथि दबाब

राष्ट्रपति बाइडेनले फरकफरक धारणा राखेपछि यात्राको अनुमति पाएका शरणार्थीहरूसमेत टिकट रद्द गर्न बाध्य भएका थिए।

ह्वाइट हाउसका एकजना अधिकारीले सोमबार रोयर्टस समाचार संस्थालाई शरणार्थी स्वीकार गर्ने सङ्ख्याको सीमालाई बढाएर राष्ट्रपतिले शरणार्थीलाई प्रवेश दिने विषय विश्वमा अमेरिकाको स्थानका लागि महत्त्वपूर्ण रहेको भन्ने स्पष्ट सन्देश दिन खोजेको बताए।

पछिल्लो निर्णयको अन्तर्राष्ट्रिय रेस्क्यु कमिटी सहितका शरणार्थी समूहहरूले स्वागत गरेका छन्। अघिल्लो हप्ता एरिजोना राज्यका डेमोक्र्याट्रिक सिनेटर मार्क केलीले शरणार्थी सङ्कटप्रति बाइडेन प्रशासनले देखाएको व्यवहारप्रति निराशा व्यक्त गरेका थिए।

सोमवार पिउ रिसर्च सेन्टरको अध्ययनले सीमाको अवस्थालाई लिएर अमेरिकी सरकारले चालेका कदमप्रति बहुसङ्ख्यक अमेरिकीहरूले आलोचनात्मक धारणा राखेको देखाएको थिए।

अमेरिकाका बढ्दो शरण खोज्ने मानिसहरूको व्यवस्थापनका बारेमा बाइडेन प्रशासनले एकदमै नराम्रो वा केही नराम्रो गरिरहेको धारणा झन्डै दुई तिहाइ वयस्कले राखेका थिए।

त्यसमा सर्वेक्षणमा सहभागी ५६ प्रतिशत अर्थात् आधाभन्दा बढी डेमोक्र्याट्स पनि थिए।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top