विराटनगर : रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन् ।
समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ ।
ब्राजिलविरुद्ध कोस्टारिका
समूह ई अन्तरगत अंक तालिकाको दोस्रो स्थानमा रहेको ब्राजिलले आज दोस्रो खेलमा कोस्टारिको सामना गर्दैछ । उपाधि दावेदार मानिएको ब्राजिलले समुहको पहिलो खेलमा स्वीट्जरल्याण्डसग एक एक गोलको बराबरी गर्दै एक एक अंक बाँडेका कारण पनि कोस्टारिका विरुद्ध निकाल्नुपर्नेछ ।
ब्राजिलले कोस्टारिकालाई आजको खेलमा पराजित गर्न सके अन्तिम १६ मा पुग्ने सभावना बलियो बन्नेछ । त्यसैले पनि ब्राजिललाई आजको खेलमा जित निकै महत्वपूर्ण हुनेछ । ब्राजिल विरुद्ध खेल्ने कोस्टारीका समुहको पहिलो खेलमा नै सर्वियासग एक शुन्य गोलले हार ब्यहोरेको कारण काजको खेलमा जिनै पर्ने दवाद चर्को छ । हेड टु हेडका आधारमा यी दुई यस अघि १० पटक भेट भएको छ ।
जहाँ ब्राजिलले ९ पटक जित निकाल्दा कोस्टारिकाले मात्र एक पटक जित निकालेको छ । यो दुई जितको खेल पहिलो पटक हुन लागेको हो । खेल नेपाली समय अनुसार पौने ६ बजे सेन्ट पिटरवर्ग स्टेडियममा हुनेछ ।
नाईजेरियाविरुद्ध आईसल्याण्ड
समूह डि अन्तर्गत आज नाईजेरिया भर्सेस आईसल्याण्डको खेल हुदैछ । समुहको पहिलो खेलमा क्रोएसियासग दुई शुन्यको हार व्यहोरको नाइजेरियालाई पनि आजको खेलमा जित उत्तिकै आवश्यक छ । पहिलो खेलमा पराजित भएकै कारण पनि अवको दुवै खेलमा नाईजेरियाले जित निकाल्नु पर्नेछ ।
उपाधि दावेदार राष्ट्र अर्जे्न्टिनालाई एक एक गोलको बराबरीमा रोकेको आईसल्याण्डले नाईजेरिया विरुद्ध भने शत प्रतिशत जित निकाल्ने सोचमा छ । यो खेल नेपाली समय अनुसार पौने नौ बजे भोल्गोग्राड एरेनामा हुनेछ ।
सर्वियाविरुद्ध स्वीजरल्याण्ड
समूह चरणको पहिलो खेलमा नै स्पष्ट जित निकाल्दै तीन अंक बनाएको सर्विया अंक तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा कोस्टारिकालाई एक शुन्यले हराएको सर्वियाले स्वीजरल्याण्डलाई हराए नक आउटको यात्रा पक्का हुनेछ । तर ब्राजिलाई एक गोलको बराबरीमा रोकेको स्वीट्जरल्याण्डलाई पनि कमजोर आक्न सकिन्न ।
विश्वकपको यात्रालाई निरन्तरता दिन पनि स्वीट्जरल्याण्ड आजको खेलमा दवादमा हुनेछ । आजको खेल नै सर्विया र स्वीट्जरल्याण्ड विचको पहिलो हेड टु हेड ईनकाउन्टर हुनेछ । यी दृईको खेल नेपाली समय अनुसार पौने १२ बजे कालिनिनग्राड एरेनामा हुनेछ ।