राष्ट्रियसभा बैठकमा सरकारको ध्यानाकर्षण

८ असार ७५, शनिबार

काठमाडौँ, असार ८

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले दशजोड दुईको पाठ्यक्रम परिमार्जन सम्बन्धमा आपत्ति जनाउँदै मुलुक संघीयतामा प्रवेश गरेको सन्दर्भमा पाठ्यक्रमको निर्णय गर्ने व्यवस्था प्रदेशलाई नै छाड्नु पर्नेमा जोड दिए।

सांसद बलराम बाँस्कोटाले मुलुकको कला, संस्कृति, भाषाको संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद रामपृत पासवानले शिक्षामा दलित छात्राले पाउँदै आएको आरक्षण कोटा कटौती भएको भन्दै असन्तुष्टि जनाए ।

सांसद कमलाकुमारी ओलीले मुलुकका विभिन्न स्थानमा महिला हिंसा बढेको र आपराधिक क्रियाकलापमा संलग्न भएकाहरु खुल्लमखुल्ला हिँड्दासमेत कारबाही नभएकामा गुनासो गरे ।

सांसद उदय शर्मा पौडेलले कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको व्यवस्थापन सही ढंगबाट हुन नसक्दा कृषि उत्पादन वृद्धि हुन नसकेको भन्दै आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे ।
रासस

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top