×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

पेन्टागनले आप्रवासी बालबालिकाको लागि बासस्थान बनाइदिने

८ असार २०७५

वासिङटन, असार ८

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आप्रवासी बालबालिकाको लागि करिब २० हजार विछ्यौनासहितको बासस्थान निर्माण गर्ने भएको छ ।

Advertisement
Advertisement

सो कुराको जानकारी अमेरिकी सेनाका प्रवक्ताले बिहीबार दिएका छन्।

अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा विभागको अनुरोधमा आप्रवासी बालबालिकाको लागि २० हजार अस्थायी विछ्यौनासहितको वासस्थानको व्यवस्था गर्न लागिएको पेन्टागनका प्रवक्ता ज्यामिन डेभिस्ले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिप्रति केही लचिलो भएर आप्रवासी नागरिकका बालबालिकालाई पनि सँगै बस्न दिइने नीतिमा सहमति जनाएलगत्तै यो समाचार आएको छ ।

अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रियरूपमा व्यापक मात्रामा आलोचना भएको थियो ।

अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उहाँले उक्त निर्णयलाई उल्टाएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिएपछि यस नयाँ नीतिसँगै पेन्टागनको पनि यो निर्णय आएको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top