×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न ठाकुर र महतोलाई देउवाको आग्रह

२६ बैशाख २०७८

२६ वैशाख, काठमाडौं ।
नयाँ सत्तासमीकरणका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल भएको छ ।

काँग्रेस सभापति देउवाले ठाकुर र महतोलाई आइतबार बिहान बूढानीलकण्ठस्थित निवासमै बोलाएर छलफल गरेका हुन् । जसपानिकट स्रोतका अनुसार देउवाले ठाकुर र महतोलाई केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement

तर ठाकुर र महतोले अझै स्पष्ट जवाफ नदिएको उनी निकट स्रोतले बतायो । यद्यपि पछिल्ला दिन नयाँ सत्ता समीकरणमा एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक बनेको छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिने निर्णय गरे भने ओली नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना रहन्छ । ओलीलाई विश्वासको मत नदिएर उनको सरकार ढालेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने र त्यसलाई माओवादी केन्द्र साथै जसपाले समर्थन गर्ने गरी विपक्षी गठबन्धनले तयारी गरेको छ ।

तर, जसपामा ठाकुर र महतो अझै ओली नेतृत्वको सरकारकै पक्षमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव नयाँ गठबन्धनको पक्षमा छन् । आफ्नो नेतृत्वमा सरकार बनाउन सिंगो जसपाको समर्थन देउवाले चाहेका छन् ।

त्यसकै लागि ‘कन्भिन्स’ गर्न देउवाले ठाकुर र महतोलाई बोलाएर छलफल गरेको जसपाका एक नेताले जानकारी दिए । ‘पहिला तालाचाबी जसपाको हातमा थियो । आफ्नो हातमा हुँदा लक गरिराख्यो ।

तर यसपटकको गेम चेन्जर वास्तवमा माधव नेपाल पक्ष हो,’ जसपाको भट्टराई–यादव पक्षका एक नेताले भने, ‘तैपनि उहाँहरू पहिलाका दोस्ती । त्यसले गर्दा शेरबहादुरजीले ठाकुरजीलाई कन्भिन्स गर्नुहुन्छ होला ।’

Advertisement

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top