ओलीले लिने विश्वासको मतमा तटस्थ बस्ने ठाकुर र महतोले दिए देउवालाई जवाफ

२६ बैशाख ७८, आइतबार
Share this
699shares

२६ वैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर र राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि लिने विश्वासको मतमा आफूहरु तटस्थ बस्ने दाबी गरेका छन्।

Advertisement

बुढानिलकण्ठ पुगेर देउवालाई उनीहरुले आफूहरु प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा तटस्थ बस्ने सुनाएका हुन्। स्रोतका अनुसार देउवाले ओलीले लिने विश्वासको मतमा असहयोग गर्न ठाकुर र महतोलाई आग्रह गरेका थिए।

तर देउवाको आग्रह उनीहरुले नमानेको स्रोतको भनाइ छ। उनीहरुले बरु छिटोभन्दा छिटो निर्वाचनतर्फ जानु उपयुक्त हुने सुझाव देउवालाई दिएका थिए। यस्तै वैकल्पिक सरकार अहिलेको अवस्थामा सम्भव नभएको निष्कर्ष पनि उनीहरुले देउवालाई सुनाएका थिए।

Advertisement

तर उनको पार्टीको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले के निर्णय लिन्छन् त्यो निश्चित भइसकेको छैन। उनीहरु ओलीलाई असहयोग गर्ने पक्षमा छन्।

देउवालाई भेटेर फर्केलगत्तै ठाकुर र महतोले बालुवाटार पुगेर ओलीलाई भेटेका छन्। ओलीसँग भएको छलफलबारे अहिले एकिन भइसकेको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top