काठमाडौं,असार ९
काठमाडौंबाट शुक्रबार एक व्यापारीलाई पक्राउ गरिएको छ । व्यवसाय दर्ता नविकरण नगरेको, म्याद नाघेको सामानहरु ठूलो परिमाणमा राखेको जस्ता कैफियत भेटाएपछि काठमाडौंको स्वयम्भुस्थित पिलग्रिम ग्रोसरका सञ्चालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।
केही दिनअघि देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आक्रमक रुपमा अनुगमन शुरु गरेयता १० जना व्यापारीलाई पक्राउ गरिसिकएको छ ।
पक्राउ गरिएको संञ्चाकलाई महानगरिय प्रहरी परिसर टेकु पठाइएको विभागको शाखा अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिए ।
। बुधबार ७ र बिहीबार २ जना खुद्रादेखि भाटभाटेनी सुपरमार्केटसम्मका सञ्चालक पक्राउ गरिएको थियो ।
चार पशल सिल
अनुगमनकै क्रममा काठमाडौंको ४ विभिन्न खाद्यन्न तथा खुद्रा पसलहरु सिलबन्दी गरिएको छ ।
जसमा सोही पिलग्रिम ग्रोसर, अर्को काठडौंको चावहीलस्थित जय भोले ट्रेडर्स, सोही स्थानको एकता मार्केटीङ र होप मार्टलाई सिलबन्दी गरिएको हो ।
शाखा अधिकृत पोखरेलका अनुसार उक्त पसलहरुमा मूल्य सूचि नएको, ठूलो परिमाण म्याद नाघेँको खाद्य सामाग्री रहेको, लेभल नभएको समानहरु फेला परेको लगायतको कारणले पसल सिलबन्दी गरिएको हो । साथै अनुगमन गर्ने क्रममा फेला पारिएको म्याद गुज्रेको तथा लेबल नभएको सामाग्रीहरुलाई नष्ट पारिएको छ ।
विभागले काठमाडौं र ललितपुरमा गरी १४ खुद्रा तथा थोक व्यापारीहरुको पसल अनुगमन गरेको थियो । अन्य विभिन्न पसलहरुमा समेत आवश्यक सुझाब तथा निर्देशन दिइएको शाखा अधिकृत पोखरेलले जनाएको छ ।(विकास न्युज)