दुर्घटनामा परी १५ यात्रु घाइते

८ असार ७५, शनिबार

नवलपरासी, असार ९

पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।

गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।

Advertisement

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top