नौ जना जुवाडे पक्राउ

१० असार ७५, आइतबार
Share this
807shares

मोरङ, असार १०
मोरङको विराटनगर महानगरपालिका –११ स्थित एक घरबाट नौ जुवाडे पक्राउ परेका छन।

Advertisement

विराटनगर महानगरपालिका ११ बस्ने तुलसी श्रेष्ठको घरबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले २४ हजार ३ सय २४ रुपैयासहित शनिबार दिउँसो पक्राउ गरेको छ।

श्रेष्ठको घरमा जुवा हुदैछ भन्ने विशेष सुचना पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरुलाई तास खेलेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

Advertisement

जुवाको खालबाट प्रहरीले आठ बुक तास र जुवाडेरहरुको ८ थान मोवाईल समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top