विराटनगर,असार १०
उदयपुरको कटारीमा शनिबार माथीबाट खसेको ढुङाले लागेर एक जनाको ज्यान गएको छ ।
कटारी नगरपालिका ९ लिम्पाटार बस्ने ५७ वर्षीय चन्द्रनारायण श्रेष्ठलाई शनिबार दिउँसो आफ्नै खेतमा काम गर्दै गर्दा भीरबाट खसेको ढुङाले लाग्दा गम्भीर घाइते भएको र उपचारका लागि कटारी अस्पताल तर्फ ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी चौकी सोरुङछबिसे र ईलाका प्रहरी कार्यालयबाट टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान शुरु गरिएको छ।