२ जेठ, वीरगञ्ज ।
कोरोना महामारीले वैदेशिक व्यापार घटेपछि त्यसको असर भन्सारले उठाउने राजस्वमा देखिएको छ ।
आयातनिर्यात कारोबारका आधारमा मुख्य नाकास्थित वीरगञ्ज भन्सारले बितेको वैशाख महीनामा लक्ष्यअनुसार राजस्व उठाउन सकेन ।
वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७÷७८ को वैशाख महीनाका लागि १९ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा १६ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ ।
यो निर्धारित लक्ष्यको तुलनामा करीब १४ प्रतिशत कम भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।