×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

कोरोना विपतमा उठेनन् सहयोगी हात

२ जेष्ठ २०७८

२ जेठ, काठमाडौँ ।

विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे।

Advertisement
Advertisement

राहतका सामानदेखि नगद सहयोग गर्नेको लर्को लाग्थ्यो। अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा अक्सिजन र शय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्।

कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि उपचार व्यवस्थापन गर्न अस्पताल तथा राज्यलाई सकस परिरहेको छ। विगतमा अप्ठेरो अवस्थामा सहयोगका लागि उत्साहित हुने उद्योगी, व्यवसायीले कोभिड महामारीमा भने अपेक्षित अग्रसरता देखाएका छैनन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्था र केही व्यापारिक घरानाले सहयोगका हात अगाडि बढाए पनि अधिकांश कर्पोरेट हाउसका सञ्चालक भने चुपचाप छन्। संस्थामार्फत् बाहेक विपत्मा देखिने गरी एक दर्जन व्यवासायीले पनि सहयोग गरेको देखिएको छैन।

कोभिड महामारीले मुलुकमा स्वास्थ्य संकट सिर्जना भएका बेला निजी क्षेत्रले सोचेजस्तो सहयोग नगरेको पूर्वअर्थसचिव शान्तराज सुवेदी बताउँछन्। ‘कोभिडका कारण उद्योगी, व्यवसायी पनि समस्यामा छन्,’ उनले भने, ‘सक्ने व्यापारिक घरानाले पनि मुठी खोलेको देखिएन।’ स्वास्थ्य सामग्री, उपकरणलगायत वस्तु सहयोग गर्न सक्ने व्यवसायीले पनि खासै अग्रसरता नदेखाएको उनी बताउँछन्।

‘उद्योगी, व्यवसायीले सधैं राज्यबाट छुट र सुविधा मात्र खोज्ने होइन,’ उनले भने, ‘नागरिकलाई अप्ठेरो परेका बेला सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ।’

निजी क्षेत्रले चाहे काठमाडौं, विराटनगर, वीरगन्ज, नेपालगन्ज, बुटवल, पोखरालगायत ठूला सहरमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सक्ने सुवेदीको तर्क छ। सम्बन्धित ठाउँका उद्योगी, व्यवसायीका छाता संस्थाको नेतृत्वमा यस्ता सेन्टर सञ्चालन गर्न सकिन्छ।

‘आर्थिक सहयोग मात्र होइन, उपचारमा विभिन्न तरिकाले सघाउन सकिन्छ,’ उनले भने, ‘तर, अहिले ठूलो सहयोग देखिएन। नगन्य मात्र भयो।’

मुलुकको कानुनले उद्योगी, व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थाले नाफाको एक प्रतिशत रकम सिएसआर (कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी) मार्फत् खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ।

मुलुकका वाणिज्य बैंकहरूले यो वर्ष गरेको नाफालाई हेर्दा सिएसआरअन्तर्गत ५० करोड रूपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ। केही बैंकले महामारीका बेला सहयोग गरे पनि धेरैको ध्यान यता जान सकेको छैन।

Advertisement

यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top