डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

३ जेठ, डोटी । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालगञ्जबाट पठाउनुभएको भरिएको २२ थान अक्सिजन सिलिन्डर डोटी अस्पतालाई सोमवार हस्तान्तरण गरिएको छ ।

अक्सिजन नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या भएपछि मन्त्री आलेको सहयोगमा नेपालगञ्जमा गएर २२ थान अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरिएको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियन्ता यादव जोशीले बताए ।

अभियान्ता जोशीकाअनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि १५ हजार रुपैयाँ प्रदान गर्नु भएपछि सिलिन्डर डोटी पु¥याइएको हो । बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउँदै आएको छ ।

यसैगरी मन्त्री आलेको सहयोगमा ५० थान भरिएको अक्सिजन सिलिन्डर, ५० हजार थान मास्क डोटी जिल्ला अस्पताललाई र ५० हजार थान मास्क तथा ५० थान भरिएको अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीमा पठाउने तयारी भइरहेको छ ।

यसैगरी मन्त्री आलेले जिल्ला अस्पतालमा पाँच वटा अक्सिजन कन्सेन्टे«टर मेशिन केही दिनभित्र पठाउने जानकारी दिएको मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण जोशीले बताए ।

डोटीमा अहिलेसम्म चार सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १७ रहेको छ ।

Scroll to Top