वाग्मती प्रदेश सरकारले निर्माण गरेका १२ वटा पुलको एकसाथ उद्घाटन

३ जेठ ७८, सोमबार

३ जेठ, मकवानपुर ।

Advertisement

वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको सोमवार (आज) उद्घाटन गरिएको छ ।

गएको आर्थिक वर्षदेखि निर्माण सुरु भइ वैशाख मसान्तसम्म निर्माण सकिएका काठमाण्डौको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल,

Advertisement

भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

भिडियो कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताए । उनले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सकिने जानकारी दिए । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए ।

Advertisement

हामी विकास निर्माणका काममा तल्लिन छौँ तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ, पौडेलले भने । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उनको भनाइ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top