×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जापानको जिडिपी ४.६ प्रतिशतले खुम्चियो

४ जेष्ठ २०७८

४ जेठ, एजेन्सी ।

जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ ।

Advertisement
Advertisement

सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो ।

साथै यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५.१ प्रतिशतले घटेको छ ।

जापानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कोरोनाभाइरस संक्रमण रोक्न सरकारले ल्याएको आपतकालीन उपायहरुका कारण अर्थतन्त्रमा मन्दी आएको उल्लेख छ ।

गत वर्ष नोभेम्बरदेखि कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले टोकियो महानगर क्षेत्रमा जनवरीको शुरुतिर आपतकालीन स्थितिको घोषणा गरेको थियो । तर मार्चको अन्त्यतिर प्रतिबन्ध हटाउनुअघि जापानमा टोकियो सहित ४७ वटा प्रिफेक्चरमा आपतकाल लगाइएको थियो ।

आपतकालका दिनहरुमा मानिसलाई घरभित्रै बस्न ताथ रेस्टुराँ र बारहरु खुल्ने समय छोट्याइएको थियो जसबाट निजी उपभोगमा १.४ प्रतिशतले गिरावट आएको थियो ।

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा तिब्र रुपमा गिरावट आएको जिडिपीमा अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र पुनः पुरानै लयमा फर्किएको थियो । यस अवधिमा जापानको उपभोग र निर्यात दुबै बढेको थियो ।

Advertisement

केही विश्लेषकहरुका भनाईमा कोभिड–१९ को आपतकाल घोषणाका कारण जापानको अर्थतन्त्र चालु अप्रिल–जुन अवधिमा पनि केही खुम्चिने छ । जापानमा कोभिड–१९ को खोप लगाउने दर पनि विकसित मुलुकहरुको दाँजोमा न्यून रहेको छ

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top