निषेधाज्ञा अवधिमा कर्जा तिर्न नसके जरिवाना नलाग्ने

४ जेठ, काठमाडौं ।

Advertisement

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा गर्दै निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

Advertisement

यस्तै, कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top