७ जेष्ठ, काठमाडौँ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिएर फर्केका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै के गर्ने भन्ने विषयमा कुनै निर्णयमा आफूहरू नपुगेको बताएका छन्।
राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ।
‘छलफल चलिरहेको छ। विकल्प धेरै छ। विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं,’ प्रचण्डले भने।
राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउनेबारे छलफल भएको हो भन्ने प्रश्नमा जवाफ दिएका प्रचण्डले यसबारे अहिले केही निर्णय नभएको बताएका थिए।