‘मैले देउवाजीलाई नयाँ सरकार बनाउनुस्, रचनात्मक सहयोग गर्छु भनेँ प्रतिक्रिया दिनुभएन’

७ जेष्ठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शुक्रवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर नयाँ सरकार बनाउन आग्रह गरेको तर देउवाले कुनै प्रतिक्रिया नदिएको बताएका छन् ।

बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘मैले देउवाजीलाई फोन गरेर नयाँ सरकार बनाउनुहोस्, म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु भनेँ तर उहाँले प्रतिक्रिया दिनुभएन, यस्तै उपयुक्त विकल्प दिनुहोस् म सहयोग गर्नका लागि विचार गर्छु पनि भने, त्यस्तै आउनुहोस् राष्ट्रिय सहमतिको सरकार बनाएर अहिलेको सङ्कटलाई पार लगाऔँ भनेँ त्यसमा पनि उहाँले मान्नुभएन ।’

अहिले देशको राजनीतिलाई विभाजनमा लैजाने मात्रै कुरा भइरहेको भन्दै ओलीले आफ्नै दलका नेता माधवकुमार नेपाल, माओवादी केन्द्र र नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गरे ।

‘राजनीतिलाई विभाजनमा लैजाने मात्रै कुरा नगर्नुस् उपयुक्त विकल्प दिनुहोस् भनेँ, त्यो सक्नुभएन । उहाँहरूले राजनीतिलाई विवादमा लैजान खोज्नुभएको छ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top