भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

Share this
707shares

१० जेष्ठ, एजेन्सी ।
भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन लाख नाखेको छ।

Advertisement

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार एकै दिन चार हजार भन्दा धेरैको मृत्यु भएसँगै कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या तीन लाख ३ हजार ७२० पुगेको हो।

पछिल्लो चौबिस घण्टामा ४ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने २ लाख २२ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। संक्रमण तथा मृत्युदर तीव्र रहिरहँदा मृत्यु हुनेको संख्या अझै ठूलो संख्यामा बढ्न सक्ने चेतावनी दिइएको छ।

Advertisement

विज्ञहरुले धेरै मृत्यु आधिकारिक रुपमा दर्ता नभएकाले कोभिड–१९ बाट ज्यान गुमाउने भारतीयको संख्या सराकारी तथ्यांक भन्दा निकै धेरै हुन सक्ने बताउँदै आएका छन् ।

भारतमा कुल संक्रमितको संख्या दुई करोड ६७ लाख भन्दा बढि पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या २७ लाख २० हजार भन्दा धेरै रहेको भारतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

Advertisement

अमेरिका र ब्राजिलपछि तीन लाख भन्दा बढिको कोभिड–१९ का कारण मृत्यु हुने भारत एक मात्र देश हो। भारतमा पछिल्लो एक महिना भन्दा कम समयमा एक लाख मानिसको कोभिड–१९ बाट मृत्यु भएको तथ्यांक छ।

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण अति प्रभावित भएको भारतका अस्पतालहरुमा शय्या, आइसियू, भेन्टिलेटर तथा अत्यावश्यक औषधिहरुको अभाव भएको छ।

खोप अभियान जारी रहे पनि विभिन्न राज्यमा पर्याप्त मात्रामा खोप प्राप्त हुन नसकेको सम्बन्धी राज्यका अधिकारीहरुले बताएका छन्।

अहिलेसम्म १९ करोड ६० लाख ५१ हजार भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top