लोकतन्त्र कमजोर बनाउने ओलीको कदममा भारतीय समर्थन गलत छः रञ्जित रे

१० जेष्ठ, एजेन्सी ।
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले भारतले सधैं संविधानको पक्षमा उभिउनु पर्ने बताएका छन्। हिन्दुस्तान टाइम्समा प्रकाशित इन काठमान्डु, अ थ्रेट अफ डेमोक्रेसी शीर्षकको रेको लेखमा उनले पछिल्लो समय भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही र अलोकप्रिय सरकारको समर्थन गरिरहेको भन्ने धेरैलाई लागेको उल्लेख गरेका छन्।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले ओलीलाई गरेको समर्थनले पनि ओलीलाई नयाँदिल्लीको समर्थन रहेको देखिएको रेले उल्लेख गरेका छन्।

Advertisement

भारतले सधैं नेपालमा बहुदलीय प्रजातन्त्र र प्रगतिशील परिवर्तनलाई सहयोग गर्दै आएको छ तर यसपालि भारतले तानाशाही र अलोकप्रिय शासनलाई सघाइरहेको धारणा बनेको छ,’ रेले लेखेका छन्।

प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुन कोरोना महामारीका कारणले कठिन रहेकाले चुनाव नभएपछि नेपाल गहिरो संवैधानकि संकट फस्ने रेको विचार छ।

Advertisement

भारतले सार्वजनिक रूपमा संवैधानिक शासनका पक्षमा उभिएको कुरा राख्नुपर्छ। कुनै एक पक्षीय नभई ओलीदेखि विपक्षी राजनीतिक शक्तिसँग पनि राजनीतिक सम्पर्क जारी राख्नुपर्छ,’ रेले लेखेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top