दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

१२ असार ७५, मंगलबार
Share this
735shares

दमासकस, असार १२

Advertisement

सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ ।

ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

Advertisement

सिरियाको सरकारी समाचार समिति सानाले मङ्गलबार दमासकस अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इजरायलले दुइ वटा क्षेप्यास्त्र आक्रमण गरेको जानकारी दिएको छ ।

मानवअधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपी समाचार समितिलाई विमानस्थलनजिकै रहेको हिज्बुल्लाहहरुको सशस्त्र हातहतियार भण्डार गरिएको स्थानलाई लक्षित गरेर यो क्षेप्यास्त्र आक्रमण भएको बताएका छन्।

Advertisement

मङ्गलबार मध्याह्न विनाकारण गरिएको यो क्षेप्यास्त्र आक्रमणले उक्त हातहतियार भण्डार केन्द्रलाई लक्षित गरेको पनि रामीले दमासकसस्थित विदेशी सञ्चारमाध्यमका समाचारदाताहरुलाई बताएका छन्।

रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top