मानव बेचबिखनबारे कलम चलाउनेलार्इ छात्रवृत्ति

१२ असार ७५, मंगलबार
Share this
731shares

काठमाडौँ, असार १२

Advertisement

मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

दक्षिण एसियाली मुलुकमा अवैध रुपमा हुने मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले नेपालका पत्रकारलाई इम्पल्सले छात्रवृत्ति दिने घोषणा गरेको हो । नेपालसँगै उक्त छात्रवृत्ति भारत, म्यानमार र बंगलादेशका पत्रकारलाई समेत प्रदान गरिनेछ ।

Advertisement

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इम्पल्सका हासिन खार्चीले एकवर्षे र चारहप्ते तालीम दिई मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले छात्रवृत्ति घोषणा गरिएको बताए ।

उनले छात्रवृत्ति पाएर गोष्ठीमा सहभागी हुने पत्रकारले दक्षिण एसियाली मुलुकमा भइरहेको मानव बेचबिखन र ओसारपसारसम्बन्धी विषयमा खोजमूलक समाचार सम्प्रेषण गर्न सक्ने बताए ।

Advertisement

उनले यस किसिमको छात्रवृत्तिले पत्रकारलाई समाचार लेखनमा सहयोग पु¥याउने बताए ।

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक कपिल काफ्लेले छात्रवृत्तिले नेपालका पत्रकारलाई बढ्दो मानव बेचबिखनका सम्बन्धमा समाचार लेख्नका लागि सहयोगी भूमिका खेल्ने बताए।

उनका अनुसार एकवर्षे छात्रवृत्ति भर्खर पत्रकारिता पेशामा लागेका र चारहप्ते छात्रवृत्ति अनुभवी पत्रकारलाई प्रदान गरिनेछ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top