×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अफगानिस्तानमा आत्मघाती आक्रमणमा नौ प्रहरी मारिए

१२ असार २०७५

अफगानिस्तान, असार १२

अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ ।

सोमबार राति ८ बजे भएको यस आक्रमणमा परी अन्य तीन प्रहरी अधिकारी घाइते भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार चावकी जिल्लाको बबार ताङगइमा रहेको प्रहरी चौकीमा आतङ्ककारी समूहले आक्रमण गरेको प्रान्तीय सरकारका प्रवक्ता गनी मुसामिमले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यस पहाडी प्रान्तमा तालिबान र इस्लामिक स्टेट्स(आइएस) आतङ्ककारीको बलियो उपस्थिति रहेको छ ।

त्यसैले यस आक्रमणमा पनि तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ । आत्मघाती हमलाकारीको पनि निधन भएको छ ।

ती हमलाकारीको परिचय खुल्न नसकेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

सन् २०१५ को शुरुबाट अफगानिस्तानको सम्पूर्ण सुरक्षाको जिम्मा अफगान सुरक्षा अधिकारीले लिएपछि सुरक्षा अधिकारीको हताहत बढेको छ ।

सन् २०१४ को अन्त्यमा अफगानिस्तानमा युद्धरत अमेरिकी र नेटोआवद्ध सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै अफगानिस्तानबाट फर्किएका थिए ।

यहाँ बाँकी रहेका केही अमेरिकी र नेटोआवद्ध सैनिकले भने अफगान सुरक्षा अधिकारीलाई सल्लाह र तालिम दिनेकाम मात्र गर्ने गरेका छन् ।

अफगानिस्तानमा सरकारसँग युद्ध जारी राखेका तालिबान र अन्य आतङ्ककारी समूहले सरकारी र सुरक्षा अधिकारीलाई लक्ष्य बनाउदै बारम्बार आक्रमण गर्दै आएका छन् ।
रासस

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top