ठाकुरलाई धक्काः ६ सदस्यले छाडे साथ

२१ जेठ ७८, शुक्रबार
Share this
718shares

२१ जेठ, काठमाडौँ ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्।

Advertisement

यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन।

मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए। यसैगरी, साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे। पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन्।

Advertisement

कार्यकारिणी समितिका ६ सदस्यले ठाकुरलाई छाडेपछि समितिमा उपेन्द्र समूह प्रष्ट बहुमतमा देखिएको छ। उपेन्द्र समूहका नेता महेन्द्रले आफूहरूसँग कार्यकारिणी समितिमा ३१ जना सदस्य रहेको बताए।

‘हामीसँग अहिले कार्यकारिणी समितिका ३१ जना सदस्य हुनुहुन्छ। यो भनेको बहुमतभन्दा पनि बढी हो’, उनले भने। उपेन्द्र समूहका अर्का नेता विजय यादवले केही दिनमै यो संख्या अरू थपिने बताए। ‘अहिले हामीसँग ३१ सदस्य हुनुहुन्छ। यो संख्या अझै बढ्दै जान्छ’, उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top