११ कार्तिक , काठमाण्डौ ।
बुधबार सुनचाँदी दुवैको मूल्य बढ्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेर आज २ लाख ८३ हजार २ सय रुपैयाँ कायम ।

अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्यो ।

अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँमा कारोबार हुँदै ।



