मोरङ, असार १४
इलाका प्रहरी कार्यालय बेलबारी,मोरङले बुधबार बिहान एघार किलो पाँच सय ग्राम लागुऔषध गाँजा र ६१० मिलिग्राम ब्राउनसुगसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका –११ शुक्रबारे बस्ने मुखियालाल चौधरी, सोही नगरपालिका –६ गैरीगाँउ बस्ने भेषबहादुर खत्री, बेलबारी नगरपालिका–५ कसेनी बस्ने लवनारायण चौधरी रहेका छन।प्रहरीले मुखियालालको साथबाट ९ किलो, भेषबहादुरबाट एक किलो पाँच सय ग्राम र लवनारायणबाट एक किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही टोलीले बेलबारी नगरपालिका ३ का सुकबहादुर तामाङलाई ०.६१० मिलीग्राम ब्राउनसुगर र चार एम्पुल टिडिजेसिकसहित पक्राउ गरिएको छ ।