भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

१४ असार ७५, बिहीबार
Share this
709shares

काँकडभिट्टा, असार १४

Advertisement

झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ ।

बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट गएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी सहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताए । छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा दिने र साँझ परेपछि भारततिरै लखेट्ने इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताए ।

हात्ती बसेको चिया बगानबाट दुई किलोमिटरको दूरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेको छ ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top