अस्पताल निर्माणका लागि जग्गादान

१४ असार ७५, बिहीबार

लहान, असार १४

Advertisement

गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन्।

लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण (सात कट्ठा १० धुर) जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान गरेका हुन्।

Advertisement

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कन्सट्रक्सन नेपाल प्रालि काठमाडाैँमार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा साहले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top