झापाका दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

झापाका दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर, असार १४

न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।

सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा दायर गरेका हुन्। नियमित तथा विशेष बजार अनुगमनका क्रममा सम्बन्धित उद्योगको उत्पादित चिया परीक्षण गर्दा न्यून गुणस्तर पाइएपछि मुद्दा दायर गरिएको क्षेत्रीय खाद्यका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए । नेपाल चिया विकास निगम झापा र हरि टी इन्डस्ट्रिज प्रालि भद्रपुर झापा विरुद्ध मुद्दा दायर गरिएको हो ।

कार्यालयका अनुसार चिया विकास निगमद्वारा उत्पादित टोक्ला चिया न्यून गुणस्तर रहेको छ भने हरि टी इन्डस्ट्रिजद्वारा उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको छ ।

रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.