विराटनगर, असार १४
विराटनगर–१० स्थित कोवास कलेजले कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीको विहीबार प्रवेश परीक्षा लिएको छ । कलेजले ३ सय ५०कोटा रहेको विज्ञान संकायमा १ हजार ३५ र ३ सय कोटा रहेको व्यवस्थापन संकायमा ५ सय ५० गरी १ हजार ५ सय ८५ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठले आज लिएको परीक्षाको नतिजा भोलि विहान प्रकाशन गरिने जानकारी दिए ।