झापा, असार १५
पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिकामा बुधबार राती ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ त २७९२ नम्बरको ट्याक्टर कमल गाउँपालिका ३ चुलाचुली मोडमा विपरित दिशाबाट आउदै गरेको मे १०प १८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ईलाम सोही गाउँपालिका २ बस्ने २६ वर्र्षीय साङगेन राईको मृत्यु भएको हो।
ट्याक्टरको ठ्क्करबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागी दमकस्थित लाईफलाईन अस्तपाल लगिएको थियो। उनको सोही अस्पतालमा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
ट्याक्टरका चालक ट्याक्टर छाडेर फरार भएकाले प्रहरीबाट उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।