सिन्धुपाल्चोक बाढी अपडेट : एक जनाको शव भेटियो, विस्थापितहरुले सामुदायिक भवन र विद्यालयमा रात बिताए

३ असार, काठमाडौं ।

सिन्धुपाल्चोकमा बाढीमा हराइरहेका २० जनामध्ये एक जनाको शव भेटिएको छ ।

सम्पर्कविहीन भएका एक जना चिनियाँ नागरिकको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । यस्तै चार जना धुलिखेलबाट सम्पर्कमा आएकाले उनीहरु बाढीमा परेर हराएका हुन् या होइनन् भनेर सोधपुछ भइरहेको उनले बताए ।

बाढीमा परेर घाइते भएकाको हिजै उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । बाढीका कारण मेलम्ची नगरपालिकाका ६ सय र हेलम्बु गाउँपालिकाका झण्डै ३ सय जना विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

नेपाल रेडक्रसको सिन्धुपाल्चोक शाखाले हिजो उनीहरुलाई खानेकुराको व्यवस्था मिलाएको थियो । आज भने वाग्मती प्रदेश सरकारले पठाएको एक ट्रक खाद्यान्न वितरण गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । यस्तै, त्यहाँका अन्य विभिन्न गैरसरकारी सङ्घसंस्थाहरुले पनि राहत उपलब्ध गराइरहेका उनले बताए ।

बाढीले के – कति क्षति गर्यो भन्नेबारे एकिन विवरण आएको छैन । हिजो उद्धारलाई जोड दिइएको थियो आजदेखि भने क्षतिको विवरण सङ्कलन गरिने पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।

मेलम्ची र इन्द्रावती खोलामा बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै घर तथा पुललगायत बगाएको छ । प्रहरीका अनुसार दुई पक्की मोटरेबलसहित आधा दर्जन झोलुङ्गे पुल र घर बगेको विवरण सङ्कलन भएको छ ।

मेलम्चीले झन्डै एक दर्जन ट्राउट माछा फर्म, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्कलगायत बगाएको छ । पहिरोले मेलम्ची नदी थुनिएको र त्यो बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुबाउने गरी बाढी आएको पाइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top