लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

१४ असार ७५, शुक्रबार

भक्तपुर, असार  १५

महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी (औषधि पसल) शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ ।

चिकित्सकको अनुमति (प्रेस्क्रिप्सन) नभई बिक्री गर्न नपाइने औषधिहरु लागु औषधका रुपमा प्रयोग गर्ने युवाहरुलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहिबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

औषधि व्यवस्था विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा अरनी हाइवे पोलिक्लिनिक प्रालि र सोही ठाउँमा रहेको अर्विषा फार्मेसीमा शिलबन्दी गरेको हो ।

साथै अरनी हाइवे पोलिक्लिनिक प्रालिकी सञ्चालिका दोलखा तामाकोसी गाँउपालिका वडा नं ३ घरभएकी सृजना घिमिरे र अर्विषा फार्मेसी सञ्चालन गर्ने कैलाली जिल्ला टीकापुर–२ का विक्रम खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

Advertisement

त्यसैगरी औषधि खरिद गर्ने मध्यपुरथिमि–९ निकोसेरा बस्ने वर्ष २० का किरण कासुला, सूर्यविनायक–२ बालकोट बस्ने वर्ष २३ का रुपक खत्री र काभ्रेपलाञ्चोक काशीखण्ड नगरपालिका–२ बस्ने वर्ष २० का विकास लामालाई पक्राउ गरिएको छ ।

प्रहरीले अर्विफा फार्मेसीबाट ट्रफा ५० एमजी नामक औषधि १ हजार ८ सय क्याप्सुल र अरनी हाइवे पोलिक्लिनिकबाट ट्रमा ५० एमजी ९० क्याप्सुल, कोड टेबल १५ एमजी १३७ ट्याब्लेट, क्लोजिप ०.५ एमजी १२० ट्याब्लेटसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उनले पक्राउ परेकाले आज लागु औषध ऐनअन्तर्गत मुद्दा चलाइने बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top