कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, कोटा भन्दा ९ सय बढी परीक्षार्थी उर्तीण(नतिजा सहित)

विराटनगर,असार १५
रोजगारीका लागि कोरिया जान चाहनेहरुलाई सन २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो ।

Advertisement

परीक्षामा सहभागी भएका भध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्र्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।यो बर्षका परीक्षामा कोटा भन्दा ९ सय बढी परीक्षार्थी उर्तीण भएको जनाईएको छ । सन २०१९ को लागि कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्।

सन २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।ओसीआर प्रविधिबाट कपी जाचिने भएकाले नतिजा प्रकाशित गर्न कोरियाले धेरै समय लगाउँदैन ।

Advertisement

 नतिजा हेर्न तल क्लिक गर्नुहोस् ः

कोरियन भाषा परीक्षाको नतिजा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top